सुनसरीका राई पत्रकारहरुद्वारा जनप्रतिनिधिलाई वाबुप र बुङ उपहार

शेयर गर्नुहोस

माघ ६, इटहरी । किरात राई पत्रकार संघ सुनसरीले राई समुदायका जनप्रतिनिधिहरुलाई वाबुप (चिण्डो) र बुङ (फूल) उपहार प्रदान गरेको छ ।

येले दोङ (किरात नयाँ वर्ष) ५०८३ को अवसरमा शुक्रबार धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ सहित वडाध्यक्षहरुलाई उक्त वाबुप र बुङ (धजुरी,पेचुरी) प्रदान गरिएको हो ।

धजुरा, पेचुरी ग्रहण गर्दै धरानका मेयर साम्पाङले विविध मौलिकतामा राष्ट्रियता रहेको र मौलिकता संरक्षण भए मात्रै राष्ट्रिय एकता रहने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धजुरा, पेचुरी प्रदान अभियानले मौलिकताबारे आउने पुस्तामा उत्सुकता जागरण हुने तथा मौलिक पहिचानको मुद्दालाई थप टेवा पुग्ने बताए ।

किरात राई पत्रकार संघ सुनसरी अध्यक्ष बसन्त राईले धजुरा, पेचुरीको महत्व दर्शाउदै हरेक शुभ कार्यमा त्यसलाई उपयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
उनले संस्कार संस्कृति संरक्षण र सांस्कृतिक बिम्बहरुको प्रचारको मुख्य उद्देश्य सहित जिल्ला भरिका राई समुदायबाट निर्वाचित जनप्रतिनिधिहरु सँग शुभकामना साट्दै धजुरी, पेचुरी प्रदानको अभियान आरम्भ गरेको बताए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…