भोजपुरको हसनपुरमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ हतुवागढी–९ र महिलातर्फ रामप्रसाद गापा–८ विजयी

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ९ हसनपुर स्थित अन्तर वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

आईतबार (आज) हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा खेल सम्पन्न तथा पुरस्कार वितरण गरिएको हो ।

माघे संक्रान्तिको अवसरमा हसनपुर युवा तथा खेलकुद विकास समितिद्धारा आयोजित उक्त भलिबल प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ४ समूहको सहभागिता रहेको थियो । मगर जातिको हुर्रा नाच प्रदर्शन सँगै कार्यक्रमको उदघाटन तथा स्वागत गरिएको हो । प्रतियोगितामा पुरुष तर्फको खेलमा हतुवागढी ९ भलिबल क्लब र महिला तर्फ रामप्रसाद राई गापा ८ भलिबल क्लब विजेता बनेको आयोजक समितिका अध्यक्ष दिपेश राईले जानकारी दिए ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ विजेता बनेको हतुवागढी ९ भलिबल क्लबले नगद ६१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आमचोक ८ भलिबल क्लबले ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै महिला तर्फको खेलमा विजेता बनेको रामप्रसाद राई गापा ८ महिला भलिबल क्लबले २५ हजार नगद पुरस्कार सहित मेडल ट्रफी र प्रमाणपत्र साथै २५ हजार र उपविजेता आमचोक ९ महिला भलिबल क्लबले १५ हजार नगद पुरस्कार सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा हतुवागढी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष सञ्जल राई, अस्थायी प्रहरीचौकी हसनपुरका प्रमुख कमल श्रेष्ठ, स्थानीय वुद्धिजिवी, खेलाडी तथा खेलप्रमीहरुको उपथिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…