पूर्व मुख्यमन्त्री शेरधन राईलाई हराउँदै गठबन्धन दलका सुदन किराती विजयी

शेयर गर्नुहोस

भोजपुर । भोजपुरमा प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धन दलबाट माओवादी उम्मेदवार सुदन किराती विजयी भएका छन् ।

सुरुवाती अग्रता लिएका नेकपा एमाले उम्मेदवार शेरधन राईलाई पछि पार्दै निरन्तर अग्रता कायम गरेका किराती विजयी भएका हुन ।

गठबन्धन दलबाट माओवादी उम्मेदवार किरातीले २८ हजार ५ सय ७८ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईले २६ हजार १ सय ९३ मत प्राप्त गरे ।

त्यस्तै नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेतले १ हजार ८७ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका ध्रुव छाङ्छा दुमी राई ९४२ मत प्राप्त गरेका हुन् ।

एक प्रतिनिधि तथा दुई प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको भोजपुरमा कुल मतदाता संख्या एक लाख २३ हजार ३ सय ७९ रहेको छ । जसमध्ये संघ तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन २०७९ मा जम्मा ६१ हजार ८ सय ३० खसेको हो ।
प्रतिनिधि सभा सदस्य तर्फ कुल सदर मत ५८ हजार ६ सय ६२ रहेको छ भने बदर मत संख्या ३ हजार १ सय ६८ रहेको छ ।

यस्तो छ प्रतिनिधि सभा सदस्य भोजपुरको अन्तिम मतपरिणाम:
१. नेपाल कम्युनिष्ट पार्टी एमालेका शेरधन राई, (सुर्य) २६,१९३
२. नेकपा (माओवादी केन्द्र)का सुदन किराती, (हसियाहथौंडा) २८ हजार ५ सय ७८
३. जसपा नेपालका ध्रुव छाङ्छा दुमी राई, (ढल्केको छाता) ९४२
४. राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र घले, (हलो) २९७
५. हाम्रो नेपाली पार्टीका रमेशप्रसाद ओझा, (लौरो) २५२
६. नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेत, (शंख) १,०८७
७. मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रप्रसाद राई, (भाले) ३८६
८. खम्बुवान राष्ट्रिय मोर्चा नेपालका ॠषिधन राई, (हथौडा) १६२
९. राष्ट्रिय स्वतन्त्र पार्टीका सनमछिरिङ शेर्पा, (घण्टी) ५००
१०. स्वतन्त्र उम्मेदवार शक्तिराज राई, (क्रस खुकुरी) १०५
११. स्वतन्त्र उम्मेदवार महेश योञ्जन, (हेलमेट) ३६
१२. स्वतन्त्र उम्मेदवार दिलिप कुमार खतिवडा, (माछा) १२२

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…