मुख्यमन्त्री राजेन्द्र राईको स्वकीय सचिवद्धरा स्वतन्त्र उम्मेदवारलाई ज्यानमार्ने धम्की

शेयर गर्नुहोस


भोजपुर । भोजपुरका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडालाई आक्रमण भएको छ । प्रदेश नं.१ का मुख्यमन्त्रि एवं प्रदेश सभा १ का गठबन्धन दलका उम्मेदवार राजेन्द्रकुमार राईको स्वकीय सचिव भद्र पराजुलीले हातपात संगै ज्यान मार्ने धम्कि दिएको स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडाले बताएका छन ।
दिंलाको स्थानिय होटलमा आफुमाथि आक्रमण भएकोे स्वतन्त्र उम्मेदवार दिलिप कुमार खतिवडाले बताए । आफुलाई जुनसुकै बेला आक्रमण हुन सक्ने बताउदै खतिवडाले शुरक्षाको माग समेत गरेका छन ।


“षडानन्द नगरपालिकाका पुर्व मेयर विरवल राई सहित खाना खादै राजनैतिक कुराकानी भइरहेको बेला स्वकीय सचिव भद्र पराजुलीबाट कसलाई झोले भनेको भन्दै म माथि एक्कासि आक्रमण भयो ।” स्वतन्त्र उम्मेदवार खतिवडाले भने “सत्ताको आडमा मलाई आक्रमण गरियो, निर्वाचनपछि भागेर कहाँ जान्छस हेरौला भनेर धम्काए ।” यस विषयमा बुझ्न मुख्यमन्त्री राईका स्वकीय सचिव भद्र पराजुलिलाई सम्पर्क हुन सकेन ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…