लिम्बू विद्यार्थी मञ्च जनता क्याम्पस कमिटी अध्यक्षमा हेमराज योङहाङ

शेयर गर्नुहोस

२० भाद्र, इटहरी । लिम्बू विद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस शाखा कमिटीको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

सोमबार लिम्बू विद्यार्थी मञ्च केन्द्रीय उपमहासचीव प्रदिप नेयोङको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न गरिएको हो ।

जनता बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनबाट हेमराज योङहाङ लिम्बू अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा धिरेन लिम्बू, प्रीया लिम्बू, सचीवमा आरती नेम्बाङ, सह-सचीवमा नेत्र तुम्बाहाम्फे, कोषाध्यक्ष देवी खापुङ लगायत १३ सदस्यीय समिती निर्वाचित भएका छन् ।

लक्ष्मण लिम्बुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा भोजपुर जिल्ला समन्वय समिती सदस्य चन्द्र किराती, लिम्बु विद्यार्थी मञ्च केन्द्रीय सदस्य इन्दिरा नेम्वाङ, लिम्बु विद्यार्थी मञ्च जिल्ला समिति सुनसरी अध्यक्ष हरि इवाहाङ लिम्बु, सचीव सन्जोग हुक्पा चोङ्बाङ लिम्बु, जिल्ला सदस्य रमा वनेम लिम्बू, किरात राई विद्यार्थी संघ जनता क्याम्पस कमिटी कोषाध्यक्ष सुधन राई लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…