यी हुन्, जसपा भोजपुरबाट संघ र प्रदेशका लागि सिफारिस उम्मेदवार

शेयर गर्नुहोस

२१ भाद्र, भोजपुर । जनता समाजवादी पार्टी (जसपा) भोजपुरले आगामी ४ मङ्सिरमा हुने निर्वाचनका लागि १९ जनाको नाम सिफारिस गरेको छ ।

गठबन्धन दलमा सिटका विषयमा टुंगो लागिनसके पनि जसपा भोजपुरले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फ १९ जना उम्मेदवारको नामावली केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रत्यक्षतर्फ जसपा भोजपुरले वीर कुमार राई र मणिराज राईको नाम सिफारिस गरेको छ ।

प्रदेशसभाका लागि भने दुईवटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रसन्न कुमार राई र खगेन्द्र कुलुङको नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट आश कुमार राई र श्री प्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको हो ।

यस्तै संघका लागि समानुपातिकतर्फ सिफारिस हुनेमा अन्जनीकुमार राई, प्रेमबहादुर राई, मित्र प्रसाद राई, रमेश निरौला खत्री र छत्र बहादुर वि.क. को नाम गरेको छ ।

प्रदेशसभाको लागि समानुपातिकतर्फ गोपाल कुमार राई, दिपचन्द्र राई, मीना राई, सञ्जिता राई, बालानन्द ढकाल, इन्दिरा राई, मञ्जु राई र दिल कुमारी बस्नेतको नाम सिफारिस गरिएको छ ।

जसपा भोजपुरको भाद्र ५ गते बसेको बैठकबाट उम्मेदवारको नामावली तय गरिएको हो । समावेशितालाई ध्यानमा राखेर उम्मेदवारका लागि नामावली सिफारिस गरिएको जसपा भोजपुरका अध्यक्ष आस कुमार राईले जानकारी दिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…