सगरमाथा आरोही अबिरल राईलाई किरात राई विधार्थी संघले गर्यो सम्मान

शेयर गर्नुहोस

काठमाडौं । किरात राई विधार्थी संघको झण्डालाई विश्वको सर्वोच्च शिखर सगरमाथामा फराएर फर्किएका अविरल राईलाई किरात राई विधार्थी संघ केन्दृय कार्य समितिले एक कार्यक्रम गरि सम्मान गरेको छ ।
किरात राई यायोक्खा केदृय कार्यलय कोटेश्वर स्थित सुम्निमा हलमा एक कार्यक्रम गरि नगद सहित ताम्रपत्र,दोसल्ला र फेटा ओडाएर राईलाई सम्मान गरिएको हो । संघको महासचिव अन्जिल हाङ किरातिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा किरात राई यायोक्खा केन्दृय उपाध्यक्ष राकेश राईको प्रमुख आतिथ्यता रहेको थियो भने किरात राई यायोक्खा बेलायतको उपाध्यक्ष जितेन राई, किरात राई यायोक्खा केन्दृय सचिव हेमन्त राई, संघको संस्थापकहरु भिम राई, निलम राई, रमेश राई, संघको पुर्ब अध्यक्षहरु धिरेन्द्र रुम्दालि, रबिन राई, पुर्ब उपाअध्यक्ष दिपेन्द्र राई , किरात राई लेखक संघका अध्यक्ष खुकसङ खम्बु, किरात राई युवा संघका महसचिव झिल खिम्बुले राई, याक्खा बिधार्थी अध्यक्ष भरत याक्खा, लिम्बु विधार्थी मन्चका अध्यक्ष दिपा लक्सम, सुनुवार विधार्थी अध्यक्ष सागर सुनुवार लगायत बिशिष्ट ब्यतित्वहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा किरात राई यायोक्खा बेलायद्वारा सबै राईहरुको साझा अपनत्व र प्रतिनिधित्व हुने भाषिक संघिय संरचना अङ्कित यायोक्खा झण्डालाई सगरमाथामा लगेर फराउनको लागि हस्तान्तरण समेत गरिएको थियो।
किरात राई यायोक्खा बेलायतको उपाध्यक्ष तथा भाषिक संघिय संरचनाका सह संयोजक जितेन राईले उक्त झन्डा हस्तान्तरण गर्नु भएको हो।
उक्त कार्यक्रममा किरात राई यायोक्खा बेलायतको उपाध्यक्ष तथा भाषिक संघिय संरचनाको संयोजक क्याप्टेन सुमन चन्द्र राईले आरोहि अबिरल राईलाई प्रोत्साहन र आगामी थप यात्राको सफलताको कामना गर्द ५० हजार नगद समेत प्रदान गरेको छ ।
उक्त सम्मान कार्यक्रममा बोल्दै राईले हिमाल आरोहण अभियानको क्रममा कि.रा.वि. संघको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको शीरमा पुर्याउने संकल्प अनुरुप सम्पूर्ण किरातहरुको पहिचान र आस्थाको प्रकिक संघको झन्डालाई चोमुलुङमाको शीरमा फहराएको क्षण जीवनको महत्वपूर्ण र ऐतिहासिक भएको बताउनु भयो।
उहालाई हौसला र उत्प्रेरणा दिदै सम्मान गरिएकोमा कि.रा.वि. संघका वर्तमान कार्यसमिति र निवर्तमान कि.रा.वि संघका कार्यसमिति प्रति हार्दिक आभार व्यक्त गर्दै उहालाई माया, विश्वास गरेर थप जिम्मेवार र अवसर र आर्थिक सहयोग प्रदान गर्ने किरात यायोख्या बेलायतका सम्पूर्ण पदाधिकारी ज्युहरु प्रति आभार ब्यक्त गर्नु भयो।
राईले २०७९ बैशाख २९ गते बिहान ८:३० बजे संघको झन्डालाई सगरमाथाको शिरमा फहराउनु भएको थियो।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…