शिक्षा शाखा प्रमुखले शिक्षक कुटपिट गरेपछी शिक्षक महासंघको आपत्ति

शेयर गर्नुहोस

भोजपुर । शिक्षकलाई सरुवा प्रकृयाको सन्दर्भमा शिक्षा शाखा प्रमुखले कुटपिट गरेपछी नेपाल शिक्षक महासंघ अरुण गाउँपालिकाले आपत्ति जनाएको छ ।

भोजपुरको अरुण गाउँपालिका-६ पाल्पाले, जरायोटारको शिक्षक रञ्जन कुमार यादवलाई सरुवा प्रकृयाको लागि व्यक्तिगत विवरण माग गर्ने क्रममा अरुण गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम कुमार राईले कुटपिट गरेपछी महासंघले कारबाहीको माग गरेको हो ।

बिहीबार नेपाल शिक्षक महासंघ अरुण गाउँ समितिले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त घटनाको भर्त्सना गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कुकृत्य प्रती आपत्ति प्रकट गर्दै कारबाहीको लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

महासंघले पीडक श्याम कुमार राईलाई सार्वजनिक रुपमा माफी मगाई कानुनी कारबाही गर्न, पीडित शिक्षकलाई यथाशीघ्र उपचारको व्यवस्थापन र न्यायको प्रक्रिया बढाउन, पीडक श्याम कुमार राईलाई गाउँपालिकाको कुनै पनि शाखामा जिम्मेवारी नदिन र रिक्त शाखामा शिक्षा अधिकृतको व्यवस्था गर्न माग गरेको छ ।

उल्लेखित मागहरु यथाशीघ्र पूरा नगरिए थप संघर्षको कार्यक्रम अघि बढाउन नेपाल शिक्षक महासंघ अरुण गाउँ समिती बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनाको सांकेतिक विरोध स्वरुप शुक्रबार (आज) अरुण गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा पठनपाठन बन्द रहने जनाइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…