हतुवागढी १ मा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सुधार ल्याउँछुः पृथ्वी थापा

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिमा वडा नम्बर १ को अध्यक्षमा पृथ्वी नारायण थापाले उम्मेदवारी दिएका छन् ।

आसन्न वैशाख ३० गतेको निर्वाचनका लागि थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका हुन् ।

गत निर्वाचन २०७४ मा वडा सदस्य पदमा पराजित रहेपनि सामाजिक कार्यमा सक्रीय रहेका उनले समुदायमा विकास निर्माण र वेतिथि विरुद्ध आवाज उठाइ रहेका छन् ।

उनले २०५८ सालमा श्री सगरमाथा मावि घोडेटारमा नेविसंघ इकाइ समिति सदस्य भए सँगै राजनैतिक यात्रा प्रारम्भ गरेका हुन् । यो सँगै पार्टीको विभिन्न तहमा रहेर काम गरेका उनी हाल नेपाली कांग्रेस हतुवागढीको सह–सचिवको जिम्मेवारीमा रहेका छन् ।

उच्च शिक्षा हासिल गरेका ३४ वर्षीय थापाले श्री पञ्चकन्या आधारभूत विद्यालय स्थापना काल देखि नै व्यवस्थापन समिति रहेर काम गरे । विगत लामो समय वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका उनले वडाको समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आफू निर्वाचित भएपश्चात कृषि क्षेत्रको विकास गर्न पर्याप्त मल, विऊविजन उपलब्ध गराउने योजना रहेको उनले बताए । अस्तव्यस्त शैक्षिक अवस्थाको सुधार र स्वास्थ्य केन्द्रमा रहेका वेतिथिको अन्त्य गर्ने उनको प्रतिवद्धता रहेको छ । उनले भने, “हतुवागढी १ मा रहेको स्वास्थ्य केन्द्रमा त्यहाँको कर्मचारी मध्ये करिब १३ परिवार बस्ने गरेका छन्, दुई जना भन्दा बढी बिरामी राख्न परे कोठा अभाव हुने अवस्था छ । ।” त्यसको समाधानको लागि आवश्यक पहल गरेको तर कुनै तहबाट सुनुवाई नभएको उनको गुनासो छ ।
थापाले शैक्षिक क्षेत्रको विकासका लागि हरेक विद्यालयमा आधुनिक प्रणालीको आधारमा शेक्षिक विकास गर्ने योजना अघि सारेका छन् । हर्कामा रहेको पञ्चकन्या आधारभुत विद्यालय स्थानीयबासीले स्थापना कालदेखि गाउँमा सापटी कोष खडा गरेर सञ्चालन गरिरहेको र त्यहाँको विकासमा सरोकारवालाको ध्यान नगएको उनको भनाइ छ । थापाले सडक स्तरोन्नतिको योजनालाई पनि प्राथामिकताका साथ अघि सारेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…