हतुवागढीमा ३ जनाले लिए उम्मेदवारी फिर्ता
- समाचार
- April 30, 2022
घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकामा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
गत सोमबार पालिका अध्यक्ष र वडाध्यक्ष पदमा मनोनयन दर्ता गरेका तीन जनाले शुक्रबार (हिजो) उम्मेदवारी फिर्ता लिएका हुन् ।
आयोगले शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय तोकेको थियो । उक्त समयावधिमा हतुवागढी गाउँपालिका अध्यक्षका उम्मेदवार दिनेश प्रसाद घिमिरे, हतुवागढी-४ को वडा अध्यक्ष पदका उम्मेदवार रुद्र बहादुर खत्री र वीर बहादुर राईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यलय हतुवागढीले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिएका मध्ये दिनेश घिमिरे (नेपाली कांग्रेस) बाट स्वतन्त्र उम्मेदवार थिए । त्यस्तै हतुवागढी गाउँपालिका वडा नम्बर ४ बाट रुद्र बहादुर (नेपाली कांग्रेस) र वीर बहादुर राई (नेकपा एमाले) ले वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
आयोगले आज चुनाव चिन्ह वितरण गर्ने भएको छ ।