हतुवागढी २ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट नारद राईको उम्मेदवारी
- स्थानिय तह
- April 27, 2022
घोडेटार । नेपाली कांग्रेसले हतुवागढी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नारद हाङदुङ् राईलाई चयन गरेको छ ।
युवा नेता नारदले नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै महिला सदस्यमा रामसरी राई, समावेशी महिला सदस्यमा फूलकुमारी सुनार, खुल्ला सदस्यमा राम कुमार राई र यादब बस्नेतले उम्मेदवारी दर्ता गर्राएका छन् ।
उक्त वडामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमतिको आधारमा उम्मेदवार तय गरिएको जनाइएको छ ।
उक्त वडामा नेकपा एमालेको तर्फबाट बिचारी थापा र जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मनिकुमार राईले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।