भोजपुरमा आम्चोक र अरुण गाउँपालिका बाहेकमा गठबन्धन हुने

शेयर गर्नुहोस

भोजपुर – आशन्न स्थानीय तह निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरुले भोजपुरमा स्थानिय तहको भागबण्डा टुंग्याएका छन्। काग्रेसलाई ५ माओवादीलाई २ वटा स्थानिय तह भागमा परेकाे हाे ।

आम्चोक र अरुण गाउँपालिका बाहेकका स्थानिय तह र जिल्ला समन्वय समितिको भागबन्डा भएको हो । जसमा नेपालि काग्रेसले भोजपुर नगरपालिका, षडानन्द नगरपालिका ,साल्पासिलोछो गाउँपालिका,हतुवागढी गाउँपालिका , टेम्केमैयुङ गाउँपालिकाको प्रमुख काग्रेसको भागमा परेको छ । माओवादीको भागमा पौवादुम्मा र रामप्रसादराई गाउँपालिका परेको छ । उपप्रमुखमा रामप्रसादराई पौवादुगमा गाउँपालिका काग्रेसले लिएको छ ।

माओवादीले साल्पासिलोछो गाउँपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिका लिएको छ । नेकपा एकिकृति समाजवादीले भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाको उपप्रमुख लिएको छ । जिल्ला समन्वय समितिमा भने जनता समाजवादी पार्टीले लिएको छ । आम्चोक र अरुण गाउँपालिकामा स्वास्थ्य प्रतिस्पर्धा गर्ने भएको छ । बाकि वडा तहको भागबन्डा चाडै टुंगाइने नेपाली काग्रेसका सभापति बिनोद बान्तावाले बताउनुभयो ।

भोजपुर गठबन्धनले स्थानीय तहको सिट बाँडफाट निम्नानुसार गरेको छ :
१) रामप्रसाद राई गाउँपालिका अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस
२) पौवादुङमा गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस
३) हतुवागढी गाउँपालिका अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र
४) भोजपुर नगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उप-प्रमुख : नेकपा एकीकृत समाजवादी
५) षडानन्द नगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उप-प्रमुख : नेकपा माओवादी केन्द्र
६) टेम्केमैयुङ गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा एकीकृत समाजवादी
७) साल्पा सिलिछो गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र
८) जिल्ला समन्वय समितिको प्रमुख : जनता समाजवादी पार्टी, नेपाल
उप प्रमुख : नेकपा माओवादी केन्द्र
९) आम्चोक र अरुण गाउँपालिकामा गठबन्धन दलहरूकाबीच मात्रै स्वस्थ प्रतिस्पर्धा गर्ने ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…