हतुवागढी रनिङ शिल्ड महिला भलिबल प्रतियोगिताको उपाधी आमचोकलाई

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी-१ घोडेटारमा आयोजित अन्तर पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा भोजपुरकै रामप्रसाद राई गाउँपालिकालाई हराउँदै आमचोक गाउँपालिकाका महिला भलिबल टिम विजेता बनेको हो ।

हतुवागढी खेलकुद विकास समितिको आयोजनामा चैत २ गते देखि जारी उक्त हतुवागढी अन्तर पालिका स्तरीय पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रदेश एक खेलकुद सदस्य सचीव परशुराम बस्नेत र हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको महिला तर्फ उपाधी विजेता आमचोक महिला भलिबल टिमले नगद ७५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाण प्राप्त गरेका छ्न् । त्यस्तै उपविजेता रामप्रसाद राई गाउँपालिकाका महिला भलिबल टिमले नगद ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यस्तै शनिबारै सम्पन्न पुरुष तर्फको फाइनल खेलमा झापा गाउँपालिकालाई हराउदै हतुवागढी उपाधी विजेता बनेको हो । 

पुरुष तर्फ उपाधी विजेता हतुवागढी भालिबल टिमले नगद १ लाख ५० हजार ५ सय ५५ र साथमा शिल्ड, म्याडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले नगद १ लाख १ हजार १११ र साथमा म्याडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेल अवधिभर निर्णायकको भुमिकामा प्रादेशिक रेफ्री नवीन रिजाल, राजु पाठक र सरस्वती राई रहेका थिए । 

फाइनल खेलमा महिला तर्फ वेस्ट लिफ्टर नुमा श्रेष्ठ, वेस्ट डिफेन्समा आमचोक महिला भलिबल टिमबाट सरला राई, वेस्ट सर्भिसको उपाधी रामप्रसाद महिला भलिबल टिमबाट बिनिता इशारा राई र वेस्ट प्लेयरको उपाधी आमचोक महिला भलिबल टिमकी विमला श्रेष्ठले प्राप्त गरिन् ।   

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…