सुम्निमापारुहाङ प्रतिमा निर्माणको लागि किसारा जुम्लेखा युकेको ६३ लाख २३ हजार ७२३ सहयोग

शेयर गर्नुहोस

काठमाडौं । किरात साम्पाङ राई जुम्लेखा युकेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बेलायत भ्रमणमा रहेका मेयर साम्पाङलाई फोक्स्टन स्थित लेमन लिफ रेस्ट्रुरेन्टको सभाहलमा स्वागत तथा अभिनन्दन संगै आर्थिक सहयोग प्रदान गरिएको हो ।

धरान स्थित चिण्डे (वाबु) डाँडामा बन्न लागेको सुम्निमा पारुहाङ प्रतिमा निर्माणको लागि ६१ लाख ९८ हजार सात सय बत्तिस रुपैंया संस्थागत रुपमा प्रदान गरिएको किरात राई यायोक्खा केन्द्रीय सदस्य रामचन्द्र राईले जानकारी दिए ।

सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानकै लागि मेयर हर्क साम्पाङ यतिखेर सप्ताहब्यापि युके भ्रमणमा रहेका छन । मेयर साम्पाङको सो अभियानमा थप सहयोग जुटने किरात साम्पाङ राई जुम्लेखा युकेका अध्यक्ष शिवराम साम्पाङ राईले बताए ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…