विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस

घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको छ ।

साकेन्वा संरक्षण, पूजा समिति तथा साकेन्वा मेला सिली कार्यक्रम उपभोक्ता समितिको आयोजना साथै हतुवागढी गाउँपालिका वडा न ५ र ६ काे प्रायोजनमा कार्तिक २२ गते देखि जारी उक्त मेला हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा सोमबार समापन गरिएको हो ।

किरात राई जातिको साकेन्वा सिली प्रदर्शन गरी उद्घाटन गरिएको कार्यक्रममा साविक होम्ताङ गाविस अन्तर्गत वडा स्तरीय पुरूष तथा महिला फुटबल प्रतियगिता गरिएको थियो । त्यसका साथै साकेन्वा सिली प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता र पुरूष तथा महिला डोरी तान प्रतियोगिता आयोजना गरिएको थियो ।
सोही अवसरमा साकेन्वा पुज्ने पुजारी (नाक्छोङ) हरुलाई किराती संस्कार अनुसार शिरमा सेतो फेटा गुठाएर सम्मान गरिएको थियो ।

सिली मेलाको अवसर पारेर सिली नाच्ने सङ्ख्या वृद्धी गर्न सिली प्रतियोगीता समेत आयोजना गरिएको ५ नं वडाअध्यक्ष सुरेश कुमार राईले बताए ।

मेलामा परम्परागत सांस्कृतिक सामाग्री, स्थानीय उत्पादन बदाम सुन्तला लगायत प्रदर्शन तथा बिक्री वितरणमा राखिएको थियो । वृद्ववृद्धा, युवा तथा बालबालिकाको उपस्थितिले उत्तिकै रौनकता छाएको पाइएको थियो ।

अन्य पोष्टहरु

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस  घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको…
भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका…
बृहत हतुवागढी महोत्सव २०८१ सम्पन्न

बृहत हतुवागढी महोत्सव २०८१ सम्पन्न

शेयर गर्नुहोस घोडेटार ।  भोजपुर जिल्लाको दक्षिणी क्षेत्र घोडेटारमा आयोजित बृहत हतुवागढी महोत्सव २०८१ सम्पन्न भएको…