घोडेटारमा कभर्डहल उद्घाटन साथै जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढीमा बहुउद्देश्यीय कभर्डहल उद्घाटन सँगै जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएकोे छ ।

हतुवागढी गाउँपालिकाको अध्यक्ष प्रेमकुमार राईले घोडेटार बजार स्थित बनेको बहुउद्देश्यीय कभर्डहलको सोमबार उद्घाटन गरेका हुन् । कभर्डहल निर्माणका लागि हतुवागढी गाउँपालिका र सप्तकोशी कन्ट्रक्सनबीच २०७९ साल बैशाख ४ गते सम्झौता भई निर्माण कार्य सुरु भएको थियो । यसै वर्षको असार मसान्तमा निर्माण सम्पन्न भएको हो । उक्त कभर्डहलमा दुई कोर्ट रहेको छ ।
हतुवागढी गाउँपालिकाले खेलकुदको विकास गर्नका निम्ति एक करोड ८१ लाख ६६ हजार ३२० रुपैंया ४० पैसा लागतमा निर्माण सम्पन्न भएको कभर्डहलका लागि कोशी प्रदेश सरकारले १४ लाख ७७ हजार गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

कभर्डहल उद्घाटनको अवसरमा हतुवागढी खेलकुद विकास समितिद्धारा आयोजित जिल्ला स्तरीय डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पुरुष तर्फ १५ समूह र महिला तर्फ ४ समूहको सहभागिता रहेको प्रतियोगितामा निर्णायकको भूमिकामा जिवन किराती रहेका थिए । मंगलबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ ढलकसिंह राई र नेपालधन राईकाे समूह प्रथम, सुरेन्द्र कार्की र रमेश राईकाे समूह दोस्रो बनेको हो । महिलातर्फ मेनुका आले मगर र संगीता बस्नेतकाे समूह प्रथम त्यस्तै सावित्रा रेग्मी र प्रेम कुमारी राईकाे समूह दोस्रो बनेको हतुवागढी खेलकुद विकास समितिका उपाध्यक्ष अनिल राईले जानकारी दिए।

विजेता खेलाडीलाई एक समापन समारोहबिच नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रस्तुत गरेको भन्दै हतुवागढी ६ होम्ताङकी खेलाडी एन्जिला राईलाई ५ हजार नगद सहित सम्मान गरिएको हो ।

समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवं हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले विगत देखि नै खेलकुदका गविधि र प्रतियोगिताहरु भईरहेको र त्यसमा पालिकाको तर्फबाट साथसहयोग रहेको बताएका छन् । पहिलो पटक आयोजना भएको ब्याडमिन्टन खेल विकासका लागि आयोजक समिति साथै खेलाडीहरु जिम्मेवार भएर लाग्न सकेमात्र सम्भव हुने उहाँको भनाई छ ।

अन्य पोष्टहरु

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको…
भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस  घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको…
भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका…