उधौलीको अवसरमा सिन्द्राङमा साविक वडास्तरीय पुरुष/महिला भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ३ सिन्द्राङमा साविक वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

सिर्जनशिल युवा क्लब हतुवागढी -३ ले “अग्रजहरुलाई सम्मान, युवालाई प्रोत्साहन” भन्ने नाराका साथ पुरुष/महिला भलिबल प्रतियोगिता गर्न लागेको हो ।

उक्त प्रतियोगिता मंसिर २३ शनिबार बाट सुरु हुनेछ । हतुवागढी ३ सिन्द्राङको छोटिडाँडा खेल मैदानमा हुने उक्त प्रतियोगितामा सिन्द्राङ गाविस अन्तर्गतको साविक वडाहरुबाट मात्रै खेलाडी सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष तर्फ विजेताले २० हजार एक सय र उपविजेताले १२ हजार एक सय रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिला तर्फ विजेताले १२ हजार एक सय र उपविजेताले ६ हजार एक सय रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…