होम्ताङ साकेन्वा मेला २०८०ः सिली प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस

होम्ताङ । होम्ताङ साकेन्वा उधौली सिली मेला २०८० मा हतुवाली सिली प्रतियोगिता सम्पन्न भएको छ ।

बिहीबार मेलाको चौंथो दिन हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातीको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं पालिका उपाध्यक्ष किरातीले साकेन्वा सिली र संस्कार, संस्कृतिको संरक्षण गर्नु पुर्खाहरुको सम्मान भएको बताउनुभयो । साकेन्वा सिलीलाई कुनै समुदायको मात्र नभएर सबैको साझा संस्कृतिको रुपमा विकास गराउनु पर्ने उहाँको भनाई छ ।

साकेन्वा (लाकछाम) सिली प्रतियोगितामा हतुवागढी र रामप्रसाद राई गाउँपालिकाबाट ५ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा रामप्रसाद राई गाउँपालिकाबाट सहभागी श्री सायाबुङ साँस्कृतिक केन्द्र प्रथम बनेको छ । त्यस्तै किरात राई यायोक्खा हतुवागढी ४ खैराङको सिली टोली दोस्रो बनेको छ भने हतुवागढी ६ होम्ताङ साकेन्वा टोली तेस्रो बनेको छ ।

सिली प्रतियोगितामा प्रथम सिली समूहले रु. १५ हजार, दोस्रो रु. १० हजार र तेस्रो समूहले रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा हेहतुवाली सिली विज्ञ प्रेम वालिङ, किरात राई यायोक्खा हतुवागढी सचिव कृपालसिंह राई र रामप्रसाद राई गापा वडा नं. ८ वडा सदस्य एवं गायक विकास राई निर्णायकको भूमिकामा रहेका थिए ।

भोजपुरको हतुवागढी गाउँपालिका ५ होम्ताङमा जारी  मंसिर ३ गतेदेखि ११ गतेसम्म मेला अवधीभर प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारको गायन, नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । रोटे पिङ, लिङ्गे पिङ साथै स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री वितरण मेलाको प्रमुख आकर्षण रहने छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…