आज देखि हतुवागढीमा फुटबल प्रतियोगिता सुरु: ११ टिमको सहभागिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढीमा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ ।

श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजन रहेको उक्त प्रतियोगिता ११ टिमको सहभागिता रहेको छ ।

हतुवागढी ४ स्थित वालाहाङ्ग सुनाहाङ्ग खेल मैदानमा शुक्रबार (आज) हतुवागढी १ ‘ए’ फुटबल क्लब र हतुवागढी २ ‘बि’ फुटबल क्लब बीच भएको खेलमा हतुवागढी २ लाई १ का विरुद्ध ३ गोल गर्दै हतुवागढी १ अघिल्लो चरण प्रवेश गरेको छ ।

हतुवागढी स्तरीय अन्तर वडा पुरुष फुटबल प्रतियोगिता खेल तालिका

बाँकी खेलहरु शनिबार बिहान ७ बजे देखि सुरु हुनेछ । प्रतियोगितामा विजेताले नगद रु. ३५ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, उप–विजेताले नगद रु. २० हजार पुरस्कार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हतुवा क्षेत्रमा प्रत्येक वडामा रहेका फुटबल खेलाडीहरुको पहिचान र प्रोत्साहनको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उत्थान समाजका सचिव कृपाल सिं राईले जानकारी दिनुभयो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…