लालबहादुर विकको न्यायको लागि इटहरीमा प्लेकार्ड सहित नाराबाजी

शेयर गर्नुहोस

श्रावण ५, इटहरी । शिल्पी/दलित विशेष प्रदेश समिति र जसपा नेपाल इटहरीले ठगी आरोपमा जेल जीवन गुजारी रहेका ईटहरी २० का मजदुर लालबहादुर बिक निर्दोष रहेको भन्दै न्यायको लागि शान्तिपूर्ण खबरदारी कार्यक्रम सम्पन्न गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा न. १९ का मजदुर लालबहादुर बिक तरहरा स्थित रहेको सिंहदेवी ज्वेलर्समा कार्यरत थिए । ज्वेलर्सका प्रोपाइटर दिपक बिक, उनका बुवा कृष्ण बहादुर बिक र सीता बिक सहित जेल जीवन बिताइरहेका छन् । निर्दोष लालबहादुर बिकलाई ठगी गरेको आरोपमा ३ करोड १४ लाख भन्दा धेरै बिगोमा बिगत ८ महिना देखि झुम्का कारागारमा राखिएको छ ।

सो मुद्दाका जाहेरी वाला अधिकांशले लालबहादुर बिकले आफूहरुलाई ठगी नगरेको र उनी निर्दोष रहेको दाबी गर्दै आएका छन् , भने करोडौं ठगि गरेर कारबाही भोग्दै आएका
सिंहदेवी ज्वेलर्सका प्रोपाइटर दिपक बिक , कृष्ण बहादुर बिक, सीता बिकले समेत मजदुर लालबहादुरले गलत नगरेको भन्दै आएका छ्न ।

निर्दोष लालबहादुरको न्यायको माग गर्दै शान्तिपूर्ण खबरदारी आन्दोलन सहित स्थानीय सरकार ईटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पाैडेललाइ भेटी ज्ञापन पत्र बुझाएको छ, साथै स्थानीय सरकार इटहरी उपमहानगरपालिका मार्फत प्रधानमन्त्री ,गृहमन्त्री, कानुन तथा न्याय मन्त्रालय , राष्ट्रिय दलित आयोग ,राष्ट्रिय मानवअधिकार आयोग उच्चअदालत विराटनगर समेतलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझाए लगत्तै ठुलो संख्यामा लालबहादुरको न्यायको निम्ति नारा जुलुसका साथ इटहरी नगरपरिक्रमा पछी इटहरी चोकमा कोणसभा समेत भएको थियो । कोण सभा कार्यक्रममा जनता समाजवादी पार्टीका राजनीति समिति सदस्य दल मर्दन कामीले सुनसरी जिल्ला अदालतले मजदुर बिक माथि अन्याय गरेको भन्दै निर्दोष लालबहादुर बिकलाई बिना सुझबुझ सुनसरी जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्यालाई बर्खास्त गर्नुपर्ने बताउदै निर्दोष लालबहादुर बिकको न्यायका निमित्त सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छ्न ।

लालबहादुर बिकको न्यायको निम्ति स्वतन्त्र नागरिक बुद्धिजीवी युवा विद्यार्थीहरुले स्वतस्फूर्त देशको राजधानी काठमाडौं माइतीघर, विराटनगर लगायतका शहरहरुमा विरोध स्वरूप न्यायको माग गर्दै कार्यक्रमहरु गरिरहेका छन् ।

त्यस्तै गरि शुक्रबार इटहरीमा शिल्पी/दलित विशेष समिति प्रदेश १ र जसपा नेपाल ईटहरीले बृहत् शान्तिपूर्ण खबरदारी कार्यक्रम गरेको हो । कार्यक्रममा जसपा केन्द्रिय सदस्य योसा गुरागाई, जसपा इटहरी नगर अध्यक्ष डिल्ली सुब्बा , साहित्यकार भोलामान बर्देवाले लालबहादुर लाई तत्काल न्याय दिनुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता शिल्पी/दलित विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश बिकले गरेका थिए । जसपा नेपाल इटहरीका सचीव शान्तिराम गौतमले कार्यक्रम संचालन गरेका थिए ।

उक्त कार्यक्रममा निर्दाेष लालबहादुर विकलाई न्याय दे , लालबहादुर विक निर्दाेष छन् ,न्याय दिलाउन नसक्ने न्यायालय मुर्दावाद, मजदुरमाथिकाे अत्याचार बन्द गर, निर्दाेष लालबहादुरलाई फसाउने न्यायाधिश मुर्दावाद, निर्दोष लालबहादुर लाई न्याय दिन नसक्ने न्यायाधीशलाई बर्खास्त गर जस्ता नाराहरु सहित प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…