ड्रागनफ्रुट उत्पादकहरूको प्रदेश भेला सम्पन्न , जय तामाङको नेतृत्वमा बन्यो समिति

शेयर गर्नुहोस

इटहरी । ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपालको १ नं. प्रदेश स्तरीय प्रथम भेला सम्पन्न भएको छ ।

भेलामा ड्रागन फ्रुट उत्पादनका समस्या,चुनौति र अवशरका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा एसोशियसनका केन्द्रिय उपाध्यक्ष भेषमान श्रेष्ठ , केन्द्रिय सदस्य बासुदेव ढकाल , प्याराडाईज एग्रो फर्मका दिपक पोखरेल लगायतले ड्रागन फ्रुटको उत्पादन , बजार र रोग निदानका विषयमा चर्चा गर्नु भएको थियो ।

भेलामा प्सोरदेश १ मा ड्रागन फ्रुट उत्पादन गरिरहेक ३५ भन्दा वढि कृषक हरूको उपस्थिति रहेको थियो । भेलाले जय बहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा संजीव राई, सचिवमा एक्सन राई र कोषाध्यक्षमा बाबुराम निरौला रहेका छन् । एसोसिएनका केन्द्रिय कोषाध्यक्ष गणेश राईको संयोजकत्वमा उक्त भेला गरिएको थियो ।

ड्रागनफ्रुट प्राड्युसर्स एसोसिएसन नेपालको १ नं. प्रदेश स्तरीय समितिः

१, अध्यक्षः जय बहादुर तामाङ
२, उपाध्यक्षः संजीव राई
३, सचिवः एक्सन राई
४, कोषाध्यक्षः बाबुराम निरौला
५, सदस्यःटेकनाथ पौड्याल
६, सदस्यः कमला गुरुङ
७, सदस्यः रुद्र बहादुर कार्की
८, सदस्यः भुपेन्द्र थापा
९, सदस्यः सुरेश सिवाकोटी
१०, सदस्यः मनिष राई
११, सदस्यः उषा तामाङ

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…