भोजपुरको अरुणबाट श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ

शेयर गर्नुहोस

भोजपुर । भोजपुरको अरुण गाउँपालिका– २ का ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

शनिबार अपरान्ह घरायसी विवादको क्रममा आवेगमा श्रेष्ठले ४१ बर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको भन्ने सूचना पाए संगै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले गरेको हो ।

मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेको र हत्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…