घुस लिने गरेको भन्दै धनकुटामा यातायात कार्यालयका प्रमुखलाई कालोमोसो दलियो

शेयर गर्नुहोस

  धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुईंटेललाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ ।

लुईंटेलले सेवाग्राहीबाट घुस लिने गरेको भन्दै उनलाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले बुधबार कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

पार्टीका संयोजक मोहन घलेले एक विज्ञप्ती जारी गर्दै लुईंटेलले आफू मातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा घुस लिएको आरोप लगाएका छन् ।

लुईंटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सरकारी निती अनुसार प्रकृया पुर्याएर उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स दिन सेवाग्राहीबाट प्रतिगोटा १२ हजार देखी १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले उनलाई चेतावनीसहित सांकेतिक कारबाही गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

लुईंटेलले घुस लिने गरेको विषय जिल्ला संगठन समिती अन्तरगत न्यायिक समितिमा जाहेरी आएको र छानबिन र अनुसन्धान गर्दा प्रमाणित भएको भन्दै उनीहरुले कालोमोसो दलेको बताएका छन् ।

तर घटनाबारे कार्यालय प्रमुख लुइँटेलले आफू कार्य कक्ष बाहिर रहेको बेला दुर्व्यवहार गरिएको बताए । ‘कार्य कक्ष बाहिर प्यासेजमा रहेको बेला मलाई कालो मोसो दलियो ‘ उनले भने, ‘मैले अतिरिक्त रकम लिएको छैन, तर दुर्व्यवहार गरियो ।’

घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

भिडियोः

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…