सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश, मुद्धाको फैसला नभएसम्म नेपालबाहिर जान नपाउने

शेयर गर्नुहोस

काठमाडौं । नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश जारी भएको छ ।

बिहीबार (आज) उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलासको १९ पन्ने जारी गरेको आदेशको १७ पन्नाको बुँदा ‘क’ मा मुद्धाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । साथै, सन्दीपको राहदानी रोक्का राख्न गृह मन्त्रालयलाई पत्रचार गर्न पनि आदेशमा भनिएको छ ।

यस्तै, उक्त आदेशको बुँदा ‘ख’मा मुद्धाको विषयमा कुनै सामग्री प्रकाशन, प्रसारण गर्न नपाइने भनिएको छ । यस्तै, बुँदा ‘ग’ मा पीडित किशोरी र उनको परिवारसँग सम्पर्क, भेटघाटमा नरहन आदेशन दिइएको छ । काठमाडौं उपत्यका छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ भने जाने र छाड्ने मिति पनि यकिन गर्न भनिएको छ ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि १८ वर्षीया नाबालिगमाथि जर्बस्तीकरणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

सन्दीपविरुद्ध गत भदौँ ५ को राति तिलगंगाको एक होटलमा नाबालिग युवतीलाई लगेर जबर्जस्तीकरणी गरेको भदौँ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो । गौशालमा उजुरी दर्ता भएको भोलिपल्ट २२ गते प्रहरीले सन्दीपमाथि अनुसन्धान सुरु गरेको थियो।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…