भोजपुर प्रदेशसभा ख बाट एमाले उम्मेदवार कार्कीलाई प्रारम्भिक अग्रता
- समाचार
- November 22, 2022
भोजपुर । भोजपुरमा प्रदेशसभा ख तर्फ नेकपा एमालेका उम्मेदवार खड्क बहादुर कार्कीले सुरुवाती अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले उम्मेदवार कार्कीले १ हजार ८० मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।
उनलाई पछ्याइरहेका सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेस उम्मेदवार विनोद बान्तावाले ६ सय ६८ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार आशकुमार राईले २८ मत प्राप्त गरेका छ्न् ।
प्रदेश ख को मतगणना कार्य हतुवागढी गाउँपालिकाको लुङ्गिन र आमचोक गाउँपालिकाको पसलभञ्ज्याङबाट सुरु गरिएको हो ।