कथाकार म्यामराज राईको लघुकथा संग्रह ‘हाम्रो बाटो’माथि विमर्श

शेयर गर्नुहोस


घोडेटार । हतुवागढी पुस्तकालय तथा इश्वरमान राई प्रतिष्ठानले कथाकार म्याम राज राईको लघुकथा संग्रह ‘हाम्रो बाटो’ माथी विमर्श गरेको छ ।

शनिबार भोजपुरको हतुवागढी-१ सगरमाथा माविको सभाहलमा कार्यक्रम आयोजना गरि उक्त लघुकथा संग्रहमाथी साहित्यिक विमर्श गरिएको हो ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष राईले कथा संग्रहमा भएका कथा तथा ‘हाम्रो बाटो’ प्रवृतिले हाम्रो यथार्थ तस्विर खिचेको बताएका छन् ।

कथाकार म्यामराज राईको उक्त लघुकथा संग्रह प्रकाशनले हतुवागढीमा लेखन साथै पठन संस्कृतिको विकासमा उर्जा थप गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा कथा संग्रहका विभिन्न पक्षबीच छलफल तथा टिप्पणी गरिएको हो । उक्त लघुकथा संग्रहमाथी कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली, अध्यापक प्रकाश बान्तावा र अध्यापक मञ्जु नेपालका बीच सामुहिक अन्तरक्रिया समेत गरिएको हो । उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण गजलकार एलबि प्रधानले गरेका थिए ।

अन्तरक्रियाको क्रममा कवि एवं पत्रकार प्रकाश दिप्सालीले लघुकथा संग्रह प्रकाशन पछि कथाकार म्यामराज राईप्रती पाठकको अपेक्षा बढेको बताए ।
इश्वरमान राई प्रतिष्ठानका अध्यक्ष इन्द्र थापाको संयोजकत्वमा सम्पन्न उक्त विमर्श कार्यक्रममा पूर्व सांसद माननीय धनहर्क राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किराती, अग्रज कवि एवं उपन्यासकार चन्द्र राई ‘तारा’, पात्लेपानी कला साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं गजलकार विश्वजित चाम्लिङ लगायत स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

साहित्यिक यात्रामा कथाकार म्यामराजको बाटो: “हाम्रो बाटो”
भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ६ होम्ताङमा जन्मिएका म्यामराज राई (जन्म: २०४४) हाल वैदेशिक रोजगारको क्रममा जापानमा रहेका छन् ।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका राई आदिवासी जनजाती लेखक/साहित्यकार महासंघ,जापान शाखाका सचीवको जिम्मेवारीमा छन् । आठ वर्ष जापनमा बिताइसकेका राईले त्यही रहेर डेढ वर्ष जापानी भाषालय र दुई वर्ष प्राविधिक शिक्षालय अध्ययन गरे ।

वैदेशिक रोजगारीमा रहेरै पनि साहित्य प्रती निरन्तर कर्म गरिरहेका कथाकार राई साहित्य पोष्ट साप्ताहिक लघुकथा प्रतियोगिता पच्चिसौं हप्ता(२०७८)मा उत्कृष्ट तीनमा पर्न सफल भए । त्यसका साथै प्रदेश एक स्तरीय लघुकथा प्रतियोगिता(२०७८) मा द्वितीय र प्रथम बृहत् ऐतिहासिक टुक्का प्रतियोगिता(२०७८) मा प्रथम बनेका राईले साहित्यमा बलियो जग तय गरेका छन् ।

वि.सं. २०६२ सालमा ‘आशिर्वाद’ शीर्षकमा पहिलो लघुकथा लेखे सँगै साहित्यिक यात्रा प्रारम्भ गरेका राईले २०७५ सालमा हतुवाहेराल्ड अनलाइनबाट ‘म्यानेजर’ लघुकथा प्रकाशित गरे ।
यो सँगै कथाकार राईले लघुकथा संग्रह “हाम्रो बाटो २०७९” कृति प्रकाशित गरेका हुन् ।

यसरी साहित्यिक यात्राको लघुकथा लेखनमा बलियो छाप बसाएका राईलाई खिम्दुङ राई कल्याणकारी समाज, भोजपुर(२०७८)ले प्रशंसा पत्र प्रदान र लघुकथा श्रव्य दृश्य प्रतिष्ठान (२०७८) ले उत्कृष्ट लघुकथाकारको रुपमा सम्मान गरिसकेको छ । यसका साथै कथाकार राईलाई नमस्ते आधुनिक लघुकथा मञ्च (२०७८) र हाम्रो लघुकथा पाठशाला(२०७८)ले आफ्नो वार्षिकोत्सवको अवसरमा सम्मान गरेका छन् ।

अन्य पोष्टहरु

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको…
भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस  घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको…
भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका…