किरात राई यायोक्खा हतुवागढीको अध्यक्षमा मान बहादुर खाम्लुङ

शेयर गर्नुहोस

–अर्जुन राई अपहेलित
घोडेटार । किरात राई यायोक्खा हतुवागढीको अध्यक्षमा मान बहादुर खाम्लुङ राई निर्वाचित भएका छन् ।

श्निबार (हिजो) हतुवागढी–४ फलामढुङ्गामा सम्पन्न किराया हतुवागढीको दोस्रो अधिवेशनबाट मान बहादुरको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा सुरेन्द्र राई र अरुणलता राई चयन भएका छन् । त्यस्तै सचिवमा कृपाल सिंह राई, कोषाध्यक्षमा सञ्जु राई सहित २१ सदस्यीय समिति गठन गरिएको नव निर्वाचित सदस्य नविन्द्र चाम्लिङले जानकारी दिए ।

किरात राई यायोक्खा भोजपुरका जिल्ला उपाध्यक्ष रामध्वोज राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष सुनिता किराती, पूर्व सांसद धनहर्क राई, किरात राई यायोक्खा हतुवागढीका सल्लाहकार एवं शिक्षक प्रकाश बान्तावा, हतुवागढी – ४ का वडाध्यक्ष चन्द्र बहादुर बिष्ट लगायत तामाङ घेदुङ संघ, नेवा राष्ट्रिय मञ्च, नेपाल मगर संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बीच जननिर्वाचित हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र उपाध्यक्ष सुनिता किरातीलाई किराती संस्कार अनुसार सेतो फेटा गुठाएर (शिर उठाउने) सम्मान गरिएको थियो । साथै सिली माङ्पा देवनसिंह राईको नेतृत्वमा स्यामुना सिली (लाकछाम) समेत प्रदर्शन गरिएको नवनिर्वाचित सदस्य सुजना राईले जानकारी दिए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…