घोडेटारलाई घोडापालन सँग जोड्दै पर्यटन व्यवसाय गर्ने गाउँपालिकाको योजना

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले घोडा पालन र पर्यटन व्यवसाय गर्ने तयारी गरेको छ ।

गाउँपालिकाको मुख्य केन्द्र घोडेटारको परिचय र इतिहासलाई जोड्ने गरी जिवित घोडापालन र पर्यटन व्यवसाय गर्ने योजना रहेको गाउापालिका अध्यक्ष प्रेम कुमार राईले बताएका हुन् ।

हतुवागढी गाउँपालिकाले यही पौष २५ गते बुधबार सडक स्मारक स्तम्भ र घोडाको सालिक अनावरण गर्नेभएको छ । अरुण नदीबाट स्काभेटर तारिएको १४ औं वर्षगाँठमा समिति, चन्दादाताहरुलाई सम्मान एवं प्रसंशापत्र वितरण सहित उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष राईले बताए ।

नेपाल एकिकरण पूर्व किरात राज्यको रुपमा प्रशिद्ध हतुवागढीमा किरात राई वालाहाङ वंशका सुनाहाङ राजाले शासन गरेका थिए । घोडेटार बजार स्थित रहेको एक पोखरीमा राजाको घोडालाई पानी खुवाइने गरिन्थ्यो । शुभअशुभको संकेत स्वरुप रङ्ग परिवर्तन गर्ने भएकाले उक्त पोखरीलाई भविष्यवक्ता पोखरी भनिन्छ । सोही भविष्यवक्ता पोखरीमा पानी खुवाउन हतुवागढी दरबारबाट घोडा ल्याउने र लाने ठाउँ ‘घोडेटो’ अपभ्रशं भई घोडेटार नामाकरण भएको किंवदन्ती छ ।

 

घोडेटार बजारको विकासक्रम:

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…