हतुवागढीको होम्ताङमा वडा स्तरीय पुरुष/महिला भलिबल प्रतियोगिता सुरु

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित होम्ताङमा खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

मंसिर ३ गते देखि जारी रहेको साकेन्वा उधौली सिली मेला २०८० को अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

मेलाको छैठौं दिन शुक्रबार (आज) पुरुष भलिबल प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा आज पुरुष तर्फ दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा हतुवागढी ६ होम्ताङ बि टिम लाई हराउँदै आमचोक गाउँपालिका २ अघिल्लो चरण प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेलमा हतुवागढी १ घोडेटारलाई हराउँदै हतुवागढी ६ होम्ताङ ए भलिबल टिम अद्दिल्लो चरणमा प्रवेश गरेको छ ।

उक्त प्रतियोगितामा पुरुष तर्फ २४ भलिबल टिम र महिला तर्फ १२ भलिबल टिमको सहभागिता रहेको छ । महिला र पुरुष तर्फको खेलहरु शनिबार (भोलि) बिहान ७ बजेबाट सुचारु हुने भएको छ ।
हतुवागढी गाउँपालिका वडा नं. ५ र ६ को संयुक्त प्रायोजन र साकेन्वा संरक्षण तथा पुजा समिति हतुवागढी ५ द्धारा आयोजित साकेन्वा सिली मेलाको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा पुरुष तर्फ विजेता समूहले रु. ७५ हजार र उपविजेता समूहले रु. ३५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै सेमिफाइनल पुग्न सफल दुई टिमलाई नगद रु. ५ हजार सान्त्वना पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै, महिला भलिबल प्रतियोगिता तर्फ विजेता समूहले रु. ३५ हजार र उपविजेता समूहले रु. २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमिफाइनल खेल्ने दुई टिमलाई नगद रु. २५ सय र साथमा प्रमाण पत्र सान्त्वना स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।

मंसिर ३ गतेदेखि ११ गतेसम्म मेला अवधीभर प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारको गायन, नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । काठको रोटे पिङ, लिङ्गे पिङ साथै स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री वितरण मेलाको प्रमुख आकर्षण रहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…