हतुवागढी वडास्तरीय फुटबलको उपाधी सिन्द्राङलाई, उपविजेता खैराङ

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी जारी अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबार (आज) हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा फाइनल खेल उद्घाटन गरिएको हो । 

फाइनल खेलमा खैराङलाई हराउदै हतुवागढी ३ सिन्द्राङ उपाधी विजेता बनेको हो । विजेता बने सँगै सिन्द्राङ फुटबल टिमले ३५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा उपविजेता हतुवागढी ४ खैराङ फुटबल टिमले रु. २० हजार नगद पुरस्कार सहित सिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं पालिका अध्यक्ष राईले हतुवागढीमा खेलकुद विकासका लागि निरन्तर लागि परेको बताउनुभयो ।
हतुवा क्षेत्रलाई खेलकुदलाई हवको रुपमा विकास गरेर पर्यटनलाई जोड्न सकिने उहाँको भनाइ छ ।

श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजन रहेको उक्त प्रतियोगिता ११ टिमको सहभागिता रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…