धरानमा जुवा खेलिरहेका भोजपुर आमचोकका एक वडाध्यक्ष र शिक्षक सहित ११ जना पक्राउ

शेयर गर्नुहोस

श्रावण ९, भोजपुर । सुनसरीको धरानबाट एक वडाध्यक्ष, शिक्षक सहित ११ जनालाई पक्राउ परेका छन् ।

सोमबार साँझ इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले धरान-१० पुतली लाइन स्थित एक बेकरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा ६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।

उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूलाई मङ्गलबार (आज) नै म्याद थप गरिएको अनुसन्धान कार्य अघि बढाइएको छ । धरानमा वडा १३ वडा १५ र वडा १६ को एक-एक घरमा व्यवसायीक रूपमा दैनिक जुवाको खेल हुने भएकाले उक्त जुवा अड्डाहरूमा धरान बाहिरका जुवाडेको पनि जमघट हुने गरेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…