धरानमा जुवा खेलिरहेका भोजपुर आमचोकका एक वडाध्यक्ष र शिक्षक सहित ११ जना पक्राउ

शेयर गर्नुहोस

श्रावण ९, भोजपुर । सुनसरीको धरानबाट एक वडाध्यक्ष, शिक्षक सहित ११ जनालाई पक्राउ परेका छन् ।

सोमबार साँझ इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले धरान-१० पुतली लाइन स्थित एक बेकरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा ६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।

उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूलाई मङ्गलबार (आज) नै म्याद थप गरिएको अनुसन्धान कार्य अघि बढाइएको छ । धरानमा वडा १३ वडा १५ र वडा १६ को एक-एक घरमा व्यवसायीक रूपमा दैनिक जुवाको खेल हुने भएकाले उक्त जुवा अड्डाहरूमा धरान बाहिरका जुवाडेको पनि जमघट हुने गरेको छ ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…