बान्तावा कविता प्रतियोगितामा सहभागिताको लागि आह्वान

शेयर गर्नुहोस

काठमाडौं । ‘१९ औं बान्तावा कविता प्रतियोगिता–२०८०’ मा सहभागिताको लागि आह्वान गरिएको छ ।

राई बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ को १९ औं वार्षिकोत्सवको अवसरमा उक्त कविता प्रतियोगिता हुन लागेको हो ।

बुङ्वाखा पत्रिकाले एक सुचना जारी गर्दै बान्तावा कविता प्रतियोगितामा सहभागिताको लागि आह्वान गरेको हो । प्रत्येक वर्षको मंसिर २४ गते फरक फरक ठाउँमा बुङ्वाखा वार्षिकोत्सव मनाइदै आएको छ । यसपटक ‘बुङ्वाखा’ को १९ औं वार्षिकोत्सव खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकामा हुन लागेको हो । सहभागिताको लागि कार्तिक २४ गतेभित्र बुङ्वाखा इमेल bungwakha@gmail.com मा पठाइसक्नु पर्ने आयोजकले जनाएको छ ।

१९ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता भएकाले सहभागी मध्ये १९ जना प्रतियागी छनोट गरि वाचनका लागि समावेश गरिनेछ । कविता बान्तावा भाषाको लेखन पद्धति अनसार शुद्धसँग कम्प्युटर टाइप गरि १०० देखि १५० शब्दको हुनुपर्ने छ । पूर्वप्रकाशित वा वाचित कवितालाई प्रतियोगितामा सामेल नगरिने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनुहुने कविहरुलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति कोष’ बाट क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…