प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

शेयर गर्नुहोस


प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपराह्न तीन बजे बस्ने  बैठकबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ।

बैठकमा त्यस्तै  ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि  सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठले  दिएको विरोधको सूचनाहरूलाई निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज  गुरूङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन्। आजकै बैठकमा उनले राष्ट्रिय सभामा  उत्पत्ति भएको  ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी कानुनमन्त्री गुरूङले प्रस्ताव पेस गर्नेछन्। त्यसपछि उक्त विधेयकमाथि प्राप्त संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी विधेयक पारितका लागि प्रस्ताव गरिनेछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सम्भावना छ।यसअघि दुइपटकसम्म एमालेको अवरोधका कारण संसद चल्न सकेको थिएन।

आइतबार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेताहरूसँग बैठक गरी सदन खुलाउने विषयमा छलफल गरेका थिए। असार १८ गतेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले र रास्वपा लगायतले संसद अवरूद्ध गर्दै आएका छन्। आजको बैठकमा प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे संसदलाई स्पष्ट बनाउने र एमालेले अवरूद्ध सदन खुलाउने सहमति भएको थियो।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…