कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका लिम्बूलाई शहीद घोषणा

शेयर गर्नुहोस

काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बू (लाजेहाङ) लाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

कोशी नामकरणका सन्दर्भमा आन्दोलनका क्रममा लिम्बूको निधन भएको थियो । आन्दोलनकारीसँगको छलफलपछि सरकारले छानबिन समिति गठन गरेको थियो । बैठकले नामकरणसम्बन्धी आन्दोलनका बारेमा प्रदेश सरकारसँग वार्ता र छलफल गरेर अगाडि बढ्न संघीय सरकारले सहजीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…