भोजपुर गोल्डकपको उपाधि क्यामरुनलाई
- खेलकुदसमाचार
- March 31, 2023
भोजपुर । पुर्वी पाहाडि जिल्लाकाे सर्वाधिक पुरस्कार राशिकाे छैठौ अन्तराष्ट्रिय मेयर गोल्डकप पुरुष फुटवल प्रतियोगिताको उपाधि क्यामरुनको एभनिर फुटबल कल्बले हात पारेको छ । आयोजक भोजपुर लाई २-० ले हराउदै नगद पाँच लाख सहित उपाधि हात पारेको हो । उपविजेता बनेको आयोजक भोजपुर जिल्ला फुटबल संघले नगद तीन लाख पाएको छ ।
विहिवार भएको फाइनल खेलमा एभनिरका न्युगिनीले ४२औं मिनटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा टिम्बा टिम्बाले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच भोजपुरका धिरज मगर चुनिए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । त्यस्तै विजेता बनेको एभनिरले उपाधिसहित नगद ५ लाख हात पार्दा उपविजेता भोजपुरले ३ लाखमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एभनिरका एलाईन चुनिए । उत्कृष्ट डिफेन्डर पनि एभनिर कै एनसानगुई घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि एभनिरका एन गुईन बने भने उत्कृष्ट प्रशिक्षक पनि एभनिर कै सागर लामा घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार एभनिरका टिम्बा टिम्बा र भोजपुरका सन्तोष तामाङले संयुक्त रुपमा हात पारे । उनीहरुले पुरस्कार वापतको ६५ सय आपसमा बाँडे । उदियमान खेलाडी भोजपुरका विनुप राई घोषित भए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।
त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि भोजपुरका बिजय भुजेल घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिका, भोजपुरको मुख्य प्रायोजनमा चैत १० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।