हेडफोनमा गीत सुन्ने बानीले श्रवणशक्ति गुम्ने जोखिम

शेयर गर्नुहोस

के तपाईं हेडफोनमा गीत सुन्ने वा चर्को सांगितिक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ ? विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनले तपाईलाई झस्काउन सक्छ । उक्त अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूलाई सुन्ने बानीमा होसियार हुन आह्वान गरेको छ ।

अन्यथा विश्वका झण्डै एक अर्ब युवाहरुले श्रवणशक्ति गुम्ने जोखिममा रहेको बीएमजे ग्लोबल हेल्थ नामक जर्नलमा प्रकाशित समीक्षाले चेतावनी दिएको छ ।
अध्ययनले सरकार र नीतिनिर्मातालाई युवाहरुको श्रवण स्वास्थ्य सुरक्षाका लागि थप चर्को आवाज आउने स्थलमाथि नियमन गर्न आग्रह गरेको छ । विगत दुई दशकमा अंग्रेजी, स्पेनिस, फ्रेन्च र रुसी भाषामा प्रकाशित ३३ अध्ययनको तथ्याकंको समीक्षाले १२ देखि ३४ वर्ष उमेर समूहका १९,००० भन्दा बढी सहभागीहरूलाई समेटेको छ ।

त्यसमा २४ प्रतिशत युवाहरुमा हेडफोन प्रयोग गर्दा सुन्दा असुरक्षित रुपमा सुन्ने आभास रहेको पाइएको थियो । त्यस्तै ४८ प्रतिशत युवाहरु कन्सर्ट वा नाइटक्लबजस्ता मनोरञ्जन स्थलहरूमा असुरक्षित स्तरको आवाजको झुम्ने गरेको पाएको थियो । यी अध्ययनको योगमा समिक्षाले भनेको छ– ६ लाख सत्तरी हजारदेखि १ अर्ब ३५ करोड युवाले सुन्ने क्षमता गुमाउने जोखिममा छ ।

अध्ययनकी एक लेखिका लरेल डिलार्डले श्रवण क्षमतामा असर कम गर्न हेडफोन प्रयोगकर्ताहरूले ध्वनिको स्तर निगरानी गर्ने एप अथवा सक्रिय बनाउन सुझाव दिइन् । कन्सर्ट वा नाइटक्लबजस्ता चर्को संगित चल्ने कार्यक्रमहरूमा इयरप्लग लगाउनु पर्ने पनि उनले बताइन् ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…