माघे संक्रान्ति लक्षित भोजपुरको हसनपुरमा वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

१८ पौष, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका -९ हसनपुरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

हसनपुर युवा तथा खेलकुद विकास समितिले माघे संक्रान्तिलाई लक्षित गरि खुल्ला नपा/गापा वडा स्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।

विभिन्न अवसर पारेर विगत देखि नै खेलकुद गतिविधि गर्दै आएको हसनपुर खेलकुद विकासले यसपटक पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा हुन लागेको उक्त प्रतियोगितामा जुनसुकै पालिकाबाट सम्बन्धित वडाका खेलाडीले सहभागी हुन पाउने छन् ।

प्रतियोगितामा सहभागी खेलाडीलाई सम्बन्धित वडाको सिफारिस, प्रमाणित गर्ने कागजात सहित जर्सी अनिवार्य गरिएको छ । सहभागिताको लागि पौष २७ गते भित्र टिम दर्ता गरिसक्नु पर्ने जारी सुचनामा उल्लेख छ ।

प्रतियोगितामा पुरुष तर्फ विजेता टिमले ६१ हजार र उपविजेता टिमले ४१ हजार नगद पुरस्कार सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला तर्फ विजेता टिमले २५ हजार र उपविजेता टिमले १५ हजार नगद पुरस्कार सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनल पुग्ने पुरुष टिमलाई १० हजार र महिला टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
पुरुष तथा महिला दुवै तर्फको खेलमा विधागत पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

हतुवागढी वडा नम्बर ९ स्तरीय ब्याड्मिन्टन प्रतियोगिता

भलिबल प्रतियोगिताको अवसरमा हतुवागढी वडा नम्बर ९ स्तरीय ब्याड्मिन्टन प्रतियोगिता समेत हुनेछ ।

९ नम्बर वडाका पुरुष खेलाडीले मात्र उक्त ब्याड्मिन्टन प्रतियोगितामा भाग लिन पाउने समितिका अध्यक्ष दिपेश राईले जानकारी दिए ।

उक्त ब्याड्मिन्टन प्रतियोगितामा प्रथमलाई नगद रु. ५ हजार पुरस्कार राशी रहेको छ ।

हसनपुर युवा तथा खेलकुद विकास समितिद्वारा जारी सुचना !!

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…