बैंकले ढिला गरेपछी आफै सामाजिक सुरक्षा भत्ता बाँढ्दै वडाध्यक्ष थापा

शेयर गर्नुहोस

कार्तिक ६, पात्लेपानी । भोजपुरको हतुवागढी -८ का वडाध्यक्ष प्रेम बहादुर थापाले व्यक्तिगत रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।

घोडेटार स्थित प्रभु बैंकले वृद्ध वृद्वा, अपांग तथा एकल महिलाहरुका लागि सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई गरेपछि वडाध्यक्ष थापाले आफै वितरण गरेका हुन् ।

आइतबार ८ नं. वडाकार्यलय देखि वितरण सुरुगरेका थापाले पायक पर्ने स्थल तथा घरैमा पुगेर भत्ता वितरण गरेका हुन् । गाउँपालिले दशै अघि नै बैंकमा पेस गरेपनि बैंकले अझै वितरण गर्न नसकेको वडाध्यक्ष थापाको भनाइ छ ।

सेवाग्राहीले भत्ता वितरणको अत्याधिक माग गरे पछि बैंक बाट आएको रकम आफू लिने सर्तमा ८ नम्बर वडा भरिका १०५ जना जेष्टनागरिक, २० जना एकल महिला, ४ जना अशक्त र ८ जना दलितलाई भत्ताको रकम वितरण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

वडाध्यक्ष थापा भन्छन्, ‘चाडपर्वको समयमा वृद्ववृद्वा, अशक्तहरुलाई पैसाको खाँचो हुन्छ । बैंकले वितरणमा किन ढिलाइ गरेको कुनै जानकारी छैन । उँहाहरुको माग अनुसार बैंकबाट आएको आफू लिने सर्तमा व्यक्तिगत तथा केही सापटी लिइ रकम उपलब्ध गराई वितरण गरेको हुँ ।’

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…