नेशनल लाइफले दियो हतुवागढीका एक बिमित परिवारलाई २ लाखको मृत्यु दावी भुक्तानी

शेयर गर्नुहोस

२९ भाद्र, हतुवागढी । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले भोजपुर जिल्ला हतुवागढी गा.पा. ५ होम्ताङ चण्डिडाँडाकी गरिमा दर्जीको निधन पछि उनका बुबा केदार दर्जीलाई २ लाख ४२ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी गरेको हो ।

मंगलबार इन्स्योरेन्स अभिकर्ता सुनिता राईले मृतकको घरैमा पुगी एक कार्यक्रमका बिच वडाध्यक्ष शुरेश कुमार राईको बाहुली बाट सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

मृतक बिमित गरिमा दर्जीको बालमृत बिमा योजना अन्तर्गत २ लाखको बिमा गरिएको थियो । उनले बिमाको ४ किस्ता नगद ६१ हजार मात्रै बुझाएका थिए । सो बीमा योजना अनुसार बिमितको मृत्यु भएमा बीमालेख कायमै रही बाँकी अवधीको शुल्क मिनाहा भएको छ । बाँकी अवधीको शुल्क मिनाहा सँगै मृतकका परिवारलाई बोनससहित नगद दुई लाख ४२ हजार ६ सय ६७ रुपैयाँ प्रदान गरिएको हो ।

गत बैशाख महिनामा बिमित गरिमा दर्जिको १० वर्षको उमेरमा असामयिक निधन भएको थियो । बिमितको निधन भएकाले कम्पनीले बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।
मृतक बिमित गरिमा दर्जीको बुबाले पनि २ लाखको जीवन बिमा गरेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…