प्रेस चौतारी भोजपुरको आयोजनामा अनलाइन पत्रकारिता तालिम सुरु

शेयर गर्नुहोस

भोजपुर । प्रेस चौतारी नेपालको भोजपुर शाखाको आयोजनामा दुई दिन अनलाइन पत्रकारिता शुरु भएको छ ।

सोमबार प्रेस चौतारी नेपाल पूर्व संस्थापक उपाध्यक्ष यज्ञ शर्माको प्रमुख आतिथ्यतामा उक्त तालिमको उद्घाटन गरिएको हो ।

प्रेस चौतारी प्रदेश १ को सहकार्यमा आयोजित उक्त तालिममा जिल्लाका ८ ओटा स्थानीय तहका ४३ जनाको सहभागिता रहेको छ ।

पत्रकारिता क्षेत्रमा युवा पुस्तालाई अगाडी बढाउने तथा आधुनिक युग अनुसारको सुचना सम्प्रेषण सम्बन्धी दक्ष पत्रकार उत्पादनको लागि दुई दिने अनलाइन पत्रकारिता तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिमको सहजिकरण प्रेस चौतारी नेपाल प्रदेश १ का अध्यक्ष अविजल विष्ट, नेपाल पत्रकार महासंघ प्रदेश १ सचिव देवेन्द्र कार्की र प्रेस चौतारी नेपाल पूर्व संस्थापक उपाध्यक्ष यज्ञ शर्माले गरिरहेका छन् ।

प्रेस चौतारी नेपाल भोजपुरका अध्यक्ष मोहन दुरालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा नेकपा एमाले भोजपुरका अध्यक्ष सरण कुमार राई, उपाध्यक्ष मकर खड्का, नेकपा एमाले प्रदेश कमिटि सदस्य गणेश श्रेष्ठ, प्रेम कार्की, युवा संघ नेपाल केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज ज्ञानेन्द्र राई, प्रेस सेन्टर भोजपुरका सचीव प्रमित सिप्तुङ राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भोजपुर अध्यक्ष सारदा तामाङ , नेपाल पत्रकार महासंघ भोजपुरका सचीव अर्जुन बस्नेत लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…