स्वास्थ्य केन्द्रमा प्रसूति गराउने सुत्केरी महिलालाई वडाध्यक्ष प्रेम थापाको आर्थिक सहयोग

शेयर गर्नुहोस

अर्जुन राई अपहेलित

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका -८ का वडाध्यक्ष प्रेमबहादुर थापाले स्वास्थ केन्द्रमा प्रसूति गराउने महिलालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

वडाध्यक्ष थापाले आइतबार पात्लेपानी स्वास्थ्य चौकीमा प्रसूती गराएका हतुवागढी-८ का पाँच महिलालाई नगद दुई हजारका दरले व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेका हुन् ।

स्वास्थ्य केन्द्रमा आएर प्रसूती गराउने वडा नं.-८ का सबै सुत्केरी महिलाहरुलाई प्रति व्यक्ति दुई हजारका दरले आफ्नो ५ वर्षे कार्यकाल भरी निरन्तर वितरण गर्ने उनले घोषणा गरेका हुन् ।

गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा प्रसूति गराउन प्रेरित गर्न साथै सुत्केरी महिलाहरुलाई पौष्टिक आहाराको लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेको वडाध्यक्ष थापाले बताए ।

उनले आइतबार नै अनौपचारिक रुपमा वडा अन्तर्गतका विद्यालयमा विद्यार्थीहरुलाई टाइ र वेल्ट निशुल्क वितरण गरेका छन् ।

वडाध्यक्ष थापाले पात्लेपानी स्थित जनज्योति माविका २१४ जना र डाँडाखर्क स्थित विद्यापोखरी प्राविका ५५ जना विद्यार्थीहरुलाई आफै उपस्थित भएर टाइ र वेल्ट वितरण गरेका हुन् ।

पिचाखा स्थित शिक्षा प्रकाश प्राविका ३३ जना र बारिगाउँ स्थित सिंहदेवी प्राविका १६ जना विद्यार्थीहरुका लागि समेत पठाइएको जनाइएको छ । वडाध्यक्ष थापाले यस अघि वडाका तीन प्राथमिक विद्यालयका १०४ जना विद्यार्थीहरुलाई ड्रेस कपडा निशुल्क बितरण गरि सकेका छन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…