स्वास्थ्य केन्द्रमा प्रसूति गराउने सुत्केरी महिलालाई वडाध्यक्ष प्रेम थापाको आर्थिक सहयोग

शेयर गर्नुहोस

अर्जुन राई अपहेलित

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका -८ का वडाध्यक्ष प्रेमबहादुर थापाले स्वास्थ केन्द्रमा प्रसूति गराउने महिलालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

वडाध्यक्ष थापाले आइतबार पात्लेपानी स्वास्थ्य चौकीमा प्रसूती गराएका हतुवागढी-८ का पाँच महिलालाई नगद दुई हजारका दरले व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेका हुन् ।

स्वास्थ्य केन्द्रमा आएर प्रसूती गराउने वडा नं.-८ का सबै सुत्केरी महिलाहरुलाई प्रति व्यक्ति दुई हजारका दरले आफ्नो ५ वर्षे कार्यकाल भरी निरन्तर वितरण गर्ने उनले घोषणा गरेका हुन् ।

गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा प्रसूति गराउन प्रेरित गर्न साथै सुत्केरी महिलाहरुलाई पौष्टिक आहाराको लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेको वडाध्यक्ष थापाले बताए ।

उनले आइतबार नै अनौपचारिक रुपमा वडा अन्तर्गतका विद्यालयमा विद्यार्थीहरुलाई टाइ र वेल्ट निशुल्क वितरण गरेका छन् ।

वडाध्यक्ष थापाले पात्लेपानी स्थित जनज्योति माविका २१४ जना र डाँडाखर्क स्थित विद्यापोखरी प्राविका ५५ जना विद्यार्थीहरुलाई आफै उपस्थित भएर टाइ र वेल्ट वितरण गरेका हुन् ।

पिचाखा स्थित शिक्षा प्रकाश प्राविका ३३ जना र बारिगाउँ स्थित सिंहदेवी प्राविका १६ जना विद्यार्थीहरुका लागि समेत पठाइएको जनाइएको छ । वडाध्यक्ष थापाले यस अघि वडाका तीन प्राथमिक विद्यालयका १०४ जना विद्यार्थीहरुलाई ड्रेस कपडा निशुल्क बितरण गरि सकेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…