‘किरात प्रदेश’ नामकरणको माग गर्दै भोजपुरमा धर्ना

शेयर गर्नुहोस


भोजपुर । किरात राई यायोक्खा भोजपुरले ‘किरात प्रदेश’ नामकरणको माग गर्दै एक घण्टे चक्का जाम गरेको छ ।

बिहीबार बिहान भोजपुरको देउरालीस्थित एक घण्टा चक्का जाम गर्दै विरोध प्रदर्शन गरिएको हो ।

१ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न माग गर्दै किरात राई यायोक्खाले लामो समय देखि संघर्ष गरिरहेको उल्लेख गर्दै किराया भोजपुरका सचीव विदुर राईले किरात शब्द कुनै वर्ग, कुनै जाति विशेष नभएको बताए ।

‘पृथ्वीमा विभिन्न मुलुक खण्डित हुनु भन्दा पूर्व विकास भएको सभ्यता मध्ये एक हो किरात’ जक्का जामलाई सम्बोधन गर्दै उनले भने, ‘सबै समुदाय, वर्ग विशेषको साझा अपनत्व हुने गरि किरात प्रदेश नामकरण अभियानमा जुटेका छौं ।’

किरात राई यायोक्खा केन्द्रीय समितिले आज प्रदेश १ का १४ वटै जिल्लामा किरात प्रदेश नामकरणको माग गर्दै प्रदर्शन गर्न आह्वान गरेको छ । अन्य ६ वटा प्रदेशको नामकरण भइ सकेको छ भने १ नम्बर प्रदेशको नामकरण हुन बाँकी रहेको छ ।

किरात राई यायोक्खाले विगत देखि नै १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न माग गर्दै आएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…