हतुवागढी १ को मतगणना सम्पन्न, अध्यक्षमा एमालेका कुमार बिष्ट निर्वाचित

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढीमा १ नम्बर वडाको मत गणना सम्पन्न भएको छ ।

शुक्रबार राती देखि हतुवागढी १ र ९ को एक साथ मत गणना सुरु गरिएको हो ।

हाल सम्म हतुवागढी १ को मत गणना सम्पन्न भएको हो । गणनाको अन्तिम नतिजा अनुसार वडाध्यक्ष पदमा ४५९ मतका साथ नेकपा एमालेका उम्मेदवार कुमार बिष्ट विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी बहादुर थापाले २८४ मत प्राप्त गरे । त्यस्तै वडाका स्वतन्त्र काजिराम बस्नेतले ४ र जनता समाजवादी पार्टीका उम्मेदवार दिनेश राईले १५ मत प्राप्त गरेका छन् ।

हतुवागढी १ मा एमालेबाट वडाध्यक्ष सहित दलित महिला सदस्य शुसिला विक ४०८ मत, खुल्ला सदस्य राजेन्द्र थापा ४२१ र रामबहादुर सुवेदी ३८० मतका साथ निर्वाचित भएका छन् । महिला सदस्यमा भने कांग्रेसकी उम्मेदवार सारदा खड्का ३६९ मतका साथ निर्वाचित भएकी हुन् ।

वडा नम्बर १ मा खसेको कुल मत ८११ रहेको छ । जसमध्ये पालिका प्रमुखमा एमालेको ३७१, गठबन्धनको ३८६ र बदर मत ५४ रहेको छ । त्यस्तै उपप्रमुखमा एमालेको ३७८, गठबन्धनको ३६१ र बदर मत ७२ रहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…