रामप्रसाद राई गाउँपालिका ७ मा जसपाबाट पनन राईको वडाध्यक्षमा उम्मेदवारी

शेयर गर्नुहोस

वैशाख १२, भोजपुर । जनता समाजवादी पार्टीले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ७ मा उम्मेदवार तय गरेको छ ।

सोमबार (आज) जसपाको तर्फबाट पनन चाम्लिङ राईले वडाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस र जसपाबीचको गठबन्धनबाट महिला सदस्य गङ्गा देवी राई, दलित महिला सदस्य गोमा सार्की, खुल्ला सदस्य महेश राई र रमेश राईले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमध्ये गंगादेवी र रमेश राई नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । राजनैतिक सहमती अनुसार जसपाकै चुनाव चिन्ह ‘छाता’ बाट उम्मेदवारी दर्ता गराइएको हो ।

त्यस्तै उक्त वडामा नेकपा एमाले र माओवादी केन्द्रले प्यानलै उम्मेदवार खडा गरेको छ । एमालेको तर्फबाट मनकाजी राई (प्रसान्त) र माओवादीबाट रामकृष्ण राईले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…