अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ तोकियो

शेयर गर्नुहोस

चैत्र ४ काठमाण्डाै । सरकारले पछिल्लो १७ वर्षमा सिक्टा सिँचाइ आयोजनामा १८ अर्ब रूपैयाँ खर्च गर्‍यो। सिक्टाको मूल नहर बाँकेको पश्चिमतर्फ अगैयाँसम्म ४५ किलोमिटर तयार भएको छ। तर मूल नहरमा क्षमता अनुसार पानी लैजान सकिएको छैन। मूल नहर ५० क्युसेक पानीको बहाव थेग्ने गरी बनाएको भनिएको छ। तर परीक्षणका क्रममा २५ क्युसेक पानी हाल्दै भत्किएको थियो। संरचनागत त्रुटिले नहरको क्षमता अनुसार पानी लैजान सक्ने अवस्था छैन।

कमजोर संरचनाकै कारण मूल नहर बारम्बार भत्किने गरेको छ। १४ असार ०७३ मा मूल नहर परीक्षण गर्न २५ क्युसेक पानी हाल्दा धेरै क्षति भएको थियो। सिक्टा सिँचाइ आयोजनाका निर्देशक सन्तोष कैनीले मूल नहरको बहाव क्षमता ५० क्युसेक भए पनि अहिले ८–१० क्युसेक पानी छाडिरहेको बताए। ‘आयोजनाको निर्माण सम्पन्न भइसकेको छैन,’ उनले भने, ‘अहिले आवश्यकता पर्दा ८–१० क्युसेक क्षमताको मात्रै पानी छाड्दै आएका छौं।’

आयोजनाका अनुसार अहिलेसम्म यसको समष्टिगत भौतिक प्रगति ७० प्रतिशत पुगेको छ। बाँके जिल्लाको पश्चिमतर्फ ३३ हजार सात सय ६६ र राप्तीपूर्व बायाँतर्फ ९ हजार गरी जम्मा ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित सरकारले सिक्टा सिँचाइ आयोजना सञ्चालन गरेको थियो। यो आयोजना ०६१र६२ सालमा सुरु गरिएको हो। सरकारले पहिलो चरणमा उक्त आयोजनाको सम्पूर्ण पूर्वाधार निर्माण एक दशकभित्र ९आव ०७१र७२ भित्र० सक्ने लक्ष्य राखेको थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र अनियमितताका कारण निर्माणले गति लिन सकेन।

प्रारम्भिक लक्ष्यअनुसार आयोजना निर्माण हुन नसकेपछि आर्थिक वर्ष ०७६र७७ मा सम्पन्न हुने गरी म्याद थपियो। थपिएको म्यादभित्र पनि काम सकिएन। निर्माण ढिला हुँदा लागत बढेर दोब्बरभन्दा माथि पुगिसकेको छ। सरकारले आयोजना निर्माण सुरु हुँदा १२ अर्ब ८० करोड रूपैयाँ लाग्ने अनुमान गरेको थियो। संशोधित कार्यतालिका बमोजिम यसको लागत दोब्बरभन्दा माथि पुगेको छ। संशोधित लागत अनुमान २५ अर्ब २ करोड हो। एक दशकमा सकिने भनिएको आयोजना निर्माण सुरु भएको १७ वर्ष बित्दा ३० प्रतिशत काम बाँकी छ। आयोजनाका अधिकारीमाथि भ्रष्टाचार मुद्दा लागेको छ। ढिलासुस्ती र अनियमितताले आयोजना नै बदनाम भइसकेको छ।

आयोजना निर्देशक कैनीले यसको समष्टिगत निर्माण ७० प्रतिशत सकिएको बताए। ‘अहिलेसम्म करिब ७० प्रतिशत काम भएको छ,’ उनले भने, ‘गत पुससम्ममा समष्टिगत वित्तीय प्रगति ७२।१० प्रतिशत पुगेको छ।’ सरकारले यो आयोजनाको लागि चालु आवमा १ अर्ब ५५ करोड विनियोजन गरेकोमा पुससम्म ३० करोड रूपैयाँ मात्रै खर्च भएको छ। अहिले आयोजनाको पूर्वी मूल नहर र पश्चिमतर्फ शाखा नहर निर्माण भइरहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थवार्षिक समीक्षा प्रतिवेदनले पनि सिक्टाको चालु आवको प्रगति सन्तोषजनक नभएको देखाएको छ।

आयोजनाको बाँध ९हेडवक्र्स० र गेट, पश्चिमी मूल नहर ९४५ किलोमिटर० र सिधनिया शाखा निर्माण सकेर गत वैशाखदेखि सिँचाइ सुरु भएको छ। १६ हजार हेक्टरमा सिँचाइ भइरहेको छ। आयोजना निर्देशक कैनीले पश्चिम शाखा नहर र पूर्वी नहर निर्माण भइरहेको बताए। सरकारले सिक्टा अबको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। कैनीले अहिले मुख्य नहरमा सरसफाइ र मर्मतसम्भार भइरहेको बताए। ‘मूल नहर बन्द गरेर मर्मत भइरहेको छ,’ उनले भने, ‘सम्भवतः चैत अन्त्यसम्म नहरमा फेरि पानी छाड्नेछौं।’

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…