उधौलीको अवसरमा सिन्द्राङमा साविक वडास्तरीय पुरुष/महिला भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ३ सिन्द्राङमा साविक वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

सिर्जनशिल युवा क्लब हतुवागढी -३ ले “अग्रजहरुलाई सम्मान, युवालाई प्रोत्साहन” भन्ने नाराका साथ पुरुष/महिला भलिबल प्रतियोगिता गर्न लागेको हो ।

उक्त प्रतियोगिता मंसिर २३ शनिबार बाट सुरु हुनेछ । हतुवागढी ३ सिन्द्राङको छोटिडाँडा खेल मैदानमा हुने उक्त प्रतियोगितामा सिन्द्राङ गाविस अन्तर्गतको साविक वडाहरुबाट मात्रै खेलाडी सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष तर्फ विजेताले २० हजार एक सय र उपविजेताले १२ हजार एक सय रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिला तर्फ विजेताले १२ हजार एक सय र उपविजेताले ६ हजार एक सय रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…