हतुवागढीको आफ्नै पालिका गान छनोट

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले पालिका गान/गीत छनोट गरेको छ ।

मंगलबार (आज) हतुवागढी गाउँपालिकाले सुचना जारी गर्दै पालिका गान छनोटको अन्तिम नामावली प्रकाशन गरेको हो ।

पालिका गानको लागि हतुवागढी ३ का शंकरहरी राईको गीत ‘हतुवागढी साझा भूगोल’ सर्वोत्कृष्ट गानको रुपमा छनोट भएको छ । त्यस्तै प्राप्त सिर्जनाहरु मध्ये उत्कृट १० पालिका गान समेत छनोट गरिएको छ ।

प्राप्त रचनाहरु पालिका गान छनोट समितिले सम्पूर्ण प्रक्रिया सम्पन्न गरि अन्तिम नामावली प्रकाशन गरेको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले जनाएका छन् । उनका अनुसार छनोट भएको पालिका गानमा संगित भर्ने र रेकर्डको कार्य तत्काल अघि बढाइने र रेकर्ड पश्चात सार्वजनिक गरिने तयारी छ ।

सर्वोत्कृष्ट रचनाका रचानाकार, गायक र संगीतकारलाई प्रशंसा पत्र र कदर पत्र सहित विशेष सम्मान गरिने छ भने, छनोटका लागि प्राप्त अन्य रचनाका सर्जकहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिने पालिकाले जनाएको छ ।

गाउँपालिकाले असोज २६ गते एक सुचना जारी गर्दै पालिका गान रचनाको लागि आह्वान गरेको थियो । ४/७ मिनेटमा संगीत भर्न मिल्ने १२/१६ लाइनको हुनुपर्ने उक्त रचनाको लागि हतुवागढीको ऎतिहासिक, साँस्कृतिक, आर्थिक,सामाजिक, परम्परा, रीतिरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटिएको हुनुपर्ने जनाइएको थियो ।

छनोट मध्ये उत्कृष्ट १० सर्जकको नामावलीः
१. प्रदिप राई, जसमणी राई (हतुृवागढी २)
२. दुर्गा पराजुली
३. श्रीशीशा राई (हतुृवागढी ३)
४. किसान राई साम्पाङ (हतुृवागढी ६)
५. लक्ष्मण हायु (आमचोक ७)
६. पुर्ण सन्ध्या समाधि (हतुृवागढी ३)
७. रामानन्द राई (हतुृवागढी ६)
८. दिलिप बान्तावा (हतुृवागढी २)
९. लंकामान राई (हतुृवागढी २)
१०. राम वलाहाङ राई (हतुृवागढी २)

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…