पर्यटनमन्त्री किरातीलाई पितृ शोक
- पर्यटनराजनीतिसमाचार
- August 23, 2023
भोजपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको छ । मन्त्री किरातीकी आमाको पनि पहिल नै निधन भइसकेको छ । हर्कबहादुर प्यारालाइसिसका कारण चल्न–चलबलाउन नसक्ने अवस्थामा थिए । हर्कबहादुरअवकाशप्राप्त बेलायती सैनिक हुन ।
बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन् । अब सबै नेपाली मेरो आमा बुवा भएको भन्दै बाँकी जीवन उनीहरूको सेवामा लगाउने उनले प्रण गरेका छन् । ‘भखरै बुवाले धोका दिनुभयो १ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुवा आमा त रहनुभएन रह्र्यो त केवल खिचि छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छातिभित्रु मन्त्री किरातीले भनेका छन्, आबाट हामी पूर्ण रूपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली ।’