भोजपुरको श्रीदलीमा भएको बोलेरो दुर्घटना विवरण सार्वजनिक

शेयर गर्नुहोस

श्रावण २७, भोजपुर । भोजपुरको टेम्केमयुङ गाउँपालिका २ श्रीदली स्थित बोलेरो दुर्घटना भएको छ ।

शनिबार काठमाडौंबाट भोजपुर तर्फ आउँदै गरेको ना १ ज ६८१६ नम्बरको बोलेरो अनियन्त्रित भै सडकबाट करिब २० मिटर खसेर दुर्घटना भएको हो ।

शनिबार काठमाडौंबाट भोजपुर तर्फ आउँदै गरेको ना १ ज ६८१६ नम्बरको बोलेरो अनियन्त्रित भै सडकबाट करिब २० मिटर खसेर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् ।

गम्भीर घाईते हुनेमा भोजपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल, ईलाम माङसेवुङ १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ जिल्ला सुन्दरहरैचा ५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाईते भएका छन् । उनीहरु तीनै जनाको अनुहार र छातीमा चोट लागेको प्रहरी जानकारी दिए ।

यस्तै घाईते हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नं. ६ बस्ने चालक वर्ष २७ का अहिर प्रधान, भोजपुर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३० को नविन राई, भोजपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४४ का पुर्ण प्रधान, सोहि ठाउँ बस्ने वर्ष १९ कि सन्ध्या प्रधान, वर्ष ३३ का कौशल हिमाङ, धनकुटा नगरपालिका ७ बस्ने वर्ष ३१ का टेकेन्द्र राई, झापा शिवसतासी २ वस्ने वर्ष ३१ का लोक बहादुर तामाङ र टेम्केमैयुङ गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २५ को सुनिल प्रधान सामान्य घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…