इटहरीका खोला -पैनीको जग्गा हडप्नेलाई ३५ दिन भित्र जग्गा छोड्न चेतावनी

शेयर गर्नुहोस

इटहरी । इटहरी उपमहानगरपालिकाले खोला- पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन उर्दी जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने उर्दी जारी गरेको हो ।

सुरुमा इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ।हेमकर्ण पौडेलले ३५ दिने सुचना सार्वजनिक गरेका छन । कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाई छ ।

टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्यंव हटाउन सुचना जारी गरेका हुन ।

इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आँफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।

सार्वजनिक जमिन संरक्षण पनि आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै मेयर पौडेलले सार्वजनिक जग्गा संरक्षणमा आफुले कुनै कसर बाँकि नराख्ने प्रतिक्रिया दिए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…